जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ । नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ । सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ । ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा नगरपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । छतको पानि सडकमा सोझै नझारौँ । सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । ईश्वरपुर नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ । सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

ईश्‍वरपुर नगरपालिकाको संक्षिप्त परिचय

प्रदेश नं २ को सर्लाही जिल्लामा अवस्थित माछा उत्पादन तथा अन्नको भण्डारको पहिचान बनाएको यस ईश्वरपुर नगरपालिका एउटा शान्त, प्रदुषणरहित, हरियालीयुक्त सुन्दर सहर हो । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ बैशाख २५ को निर्णय अनुसार साविक ईश्वरपुर, बेला र भक्तिपुर गा. वि. स. मिलाई ईश्वरपुर नगरपालिका गठन भएकामा पूनः नेपाल सरकारले मिति २०७३।११।२७ देखि स्थानीय तह कार्यान्वयन गर्दा यस नगरपालिकामा साविक कालिन्जोर र गौरीशंकर गा. वि. स.