FAQs Complain Problems

सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

यस ईश्वरपुर नगरपालिकाका कर्मचारीहरुराई सूचना तथा संचार  प्रविधि  (ICT) सम्बन्धि आवश्यक ज्ञान प्रदान गर्ने र  प्रयोगात्मक सिप हस्तान्तरन गरी  सहभागीहरुको क्षमता  अभिबृद्धि गर्ने तथा विधुतीय शुशासनको चेतना फैलाई सेवाग्राहीलाई छिटो तथा छरितो तरिकाले सेवा प्रदान गर्ने उदेश्यले  मिति  २०७५/०४ /१७  देखि २०७५/०५ /०५   सम्म प्रस्तुतीकरण, प्रयोगात्मक, सामुहिक सिकाई  लगायत  सिकाई  बिधि प्रयोग गरी यस न. पा. का सुचना प्रबिधि अधिकृत श्री सम्भु महतो द्वारा २५ जना  कर्मचारीहरुलाई प्रशिक्षण गरियो | 

यस ईश्वरपुर नगरपालिकाका प्रमुख श्री मनोज कुमार  देवकोटाको अध्यक्षतामा  आयोजना भएको समापन समारोहमा  ईश्वरपुर नगरपालिकाकालाई   प्रबिधि मैत्री बनाउन यस किसिमको तालिमले सहयोग गर्ने बताउनु भयो | साथै ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राजु बाबु  पुडासैनी ज्युले अब देखि कार्यलयलाई पेपरलेस बनाई कर्मचारीहरुबाट  हस्त लिखित चिठी पत्र स्वीकार नहुने समेत बताउनु भयो |