ईश्‍वरपुर नगरपालिकामा स्वागत छ

ईश्वरपुर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो । ईश्वरपुरबजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा ईश्वरपुर, भक्तिपुर र बेला गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा ईश्वरपुर पनि नगरपालिका बनेको हो । ईश्वरपुर नगरपालिकामा ७,६२५ घरधुरि छन | मुलुकमा विद्यमान् कानुनी प्रावधान अनुसार स्थापना  भएको र स्थानीय सरकारले गर्नुपर्ने काम कर्तव्य र अधिकार प्रयोग गदै आएको यस निकायले  नगरवासीहरूको आर्थिक, सामाजिक उन्नतिका लागि अग्रगामी दिशोन्मुख गराउने तर्फ  प्रयासरत   छ ।