FAQs Complain Problems

ईश्‍वरपुर नगरपालिकाको संक्षिप्त परिचय

मधेश प्रदेशको सर्लाही जिल्लामा अवस्थित माछा उत्पादन तथा अन्नको भण्डारको पहिचान बनाएको यस ईश्वरपुर नगरपालिका एउटा शान्त, प्रदुषणरहित, हरियालीयुक्त सुन्दर सहर हो । नेपाल सरकारको वि.सं. २०७१ बैशाख २५ गतेको निर्णयवाट साविक ईश्वरपुर, भक्तिपुर र बेला गाविसको भु–भागलाई समेटेर ईश्वरपुर नगरपालिकाको गठन भएको हो । वि.सं. २०७२ सालमानेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात स्थानीय तहको पुनःसंरचना हुँदा वि.सं. २०७३ साल फागुन २३ गते साविकका गौरीशंकर र कालिन्जोर गाविसको सम्र्पुण भुभागलाई समेटेर १५ वटा वडा सहित यसले पुर्णता प्राप्त गरेको छ । यो नगरपालिकामधेश प्रदेश अन्र्तगत पर्ने सर्लाही जिल्लाको सवैभन्दा ठुलो १६३.८३ वर्ग कि.मि.क्षेत्रफल भएको नगरपालिकामा २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार १३७७६ घरधुरी र ६८६२६ जनसंख्या रहेको छ । मुख्यतः माछापालनको विस्तारित क्षेत्र र कृषि उपज उत्पादन तथा कृषिमा आधारित उद्योग यस नगरपालिकाको पेशागत व्यवसाय र पहिचान हो ।